नेप्सेमा बाराही हाइड्रोपावरको २५ लाख कित्ता शेयर सूचीकृत,मंगलबार कतिमा खुल्दैछ पहिलो कारोबार?
काठमाण्डौ।हालसालै आइपीओ निष्काशन गरेको बाराही हाइड्रोपावरको शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र बाराही हाइड्रोपावर पब्लिक लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २५,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।
कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल...